भन्सार एजेन्टको आन्दोलन रोकियो, जाँचपास सुरु
ekantipur.com · Wed Dec 10 07:33:01 GMT 2025

काठमाडौँ — भन्सार एजेन्टको आन्दोलनका कारण ठप्प भएको भन्सार जाँचपासको काम सुरु भएको छ । आज भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच भएको वार्ता सकारात्मक रूपमा टुंगिएपछि आन्दोलन रोकिएको हो । यससँगै भन्सार जाँचपासको काम आजैदेखि सुरु भएको छ ।
भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर पार्ने वातावरण सिर्जना भएको भन्दै भन्सार एजेन्ट महासंघ नेपालद्वारा मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ लगायतका विरोध कार्यक्रम गरिएको थियो ।
‘भन्सार विभाग र महासंघबीच छलफल भई सकारात्मक रूपमा महासंघका माग सम्बोधन भएकोले पेन डाउन कार्यक्रम फिर्ता भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछौं,’ भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचिनकुमार थैबले विज्ञप्तिमा भनेका छन् ।
यस्तै, भन्सार विभागले पनि विज्ञप्ति जारी गर्दै भन्सार एजेन्ट र विभागबीचको वार्ता सकारात्मक रूपमा टुंगिएको जानकारी दिएको छ । विभागले जारी गरेको विज्ञप्तिमा भन्सार एजेन्टका विभिन्न किसिमका मागहरू भन्सार विभागमा पेश गरिएकामा व्यवस्थापन सुधार गर्ने, विभाग/कार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरू क्रमशः कार्यान्वयन गर्दै जाने तथा नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषय अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने निर्णय गरिएको जनाइएको छ ।
Register and Get a chance to win Smart Helmet every week!
Full Name
Phone Number
Address
Submit
skip
Thank you for your interest!
continuing to the quiz ...
Click here
Congratulations!
Please provide your Phone number
to continue playing.
You scored
+977
Submit
Share on Facebook
Take the next test
प्रकाशित : मंसिर २४, २०८२ १३:१८
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)