सेनाभित्रको उमेर विवादमा संसदीय समितिको चासो
ekantipur.com · Sun Dec 10 16:56:37 GMT 2023
काठमाडौँ — नेपाली सेनाका उच्च अधिकारीहरूको उमेर विवादका घटनामा संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सेनाभित्र पछिल्लो समय उठेका उमेर विवादका विषयमा चासो देखाएको हो ।
पछिल्लो समय अवकाश प्राप्त उपरथी ताराध्वज पाण्डे र अहिले अर्का वरिष्ठ उपरथी अशोक सिग्देलको उमेरलाई लिएर प्रश्न चिह्न उठेपछि समितिले सेनाभित्र भएको उमेर विवादबारे चासो देखाएको हो । वरिष्ठ उपरथी सिग्देलको उमेर विवादको छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । मंसिर ४ मा प्रमुख आयुक्तलाई सम्बोधन गर्दै परेको उजुरीमा ‘शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेर छानबिन गरी कारबाही गरिपाउँ’ भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)