मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वयंसेवाबाट राजनीति

ekantipur.com · Sun Feb 19 01:24:26 GMT 2023

कानेपोखरी गाउँपालिकाको नेतृत्व सम्हालिरहेकी राजमती इङ्नाम लिम्बूलाई यति बेला एउटै ध्याउन्न छ, कसरी स्थानीय सरकार भएको अनुभूति गाउँवासीलाई दिलाउने ।

राजमतीले बाल्यकालदेखि राजनीतिबारे बुझ्ने मौका पाइन् । किनकि उनका बाबु गुन्जबहादुर पञ्चायतकालमै वामपन्थी विचार र सिद्धान्तबाट प्रेरित थिए । रत्न बान्तवा, सीपी मैनाली, राधाकृष्ण मैनाली, अशोक राईलगायत कम्युनिस्ट नेता तथा कार्यकर्ता उनको घरमा सेल्टर बस्थे । बाबु र ती नेताका कुराकानी सुन्दासुन्दै राजमतीको किशोरी मनमा वामपन्थी राजनीतिका कुरा पसिसकेका थिए । ०२७ कात्तिक १३ मा झापामा जन्मिएकी राजमतीले मावि पढ्दा–पढ्दै १७ वर्षको उमेरमा ०४४ सालमा झापा गौरादहकै राजेन्द्र लिम्बूसँग बिहे गरिन् । त्यसपछि भने उनको पढाइ छुट्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)