निर्वाण कलेजसँग खेलाडी संघको सम्झौता
ekantipur.com · Thu Nov 30 16:16:21 GMT 2023
काठमाडौँ — खेलकुदलाई शिक्षा र शिक्षालाई खेलकुदसँग जोड्न अत्यावश्यक महसुस गर्दै नेपाल फुटबल खेलाडी संघले निर्वाण स्कुल एण्ड कलेज कुमारीपाटीसँग सहकार्य गरेको छ । त्यसअनुसार खेलाडीलाई उच्च शिक्षाको वातावरण दिइने छ भने पढाइमा व्यस्त विद्यार्थीलाई खेलतर्फ पनि केन्द्रित गराइने छ ।
यसका लागि खेलाडी संघ र निर्वाण कलेजबीच सम्झौता भएको छ । सम्झौतामा संघबाट अध्यक्ष विक्रम लामा र कलेजका प्रिन्सिपल मणिराम बन्जाडेले हस्ताक्षर गरेका थिए । सम्झौताअनुरुप फुटबल खेलाडीलाई ७५ प्रतिशतदेखि पूर्ण छात्रवृत्ति प्रदान गरिने छ । त्यस्तै फुटबल खेलाडीका सन्तानलाई ५० प्रतिशतसम्मको छात्रवृति प्रदान दिइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)