ओलीविरुद्ध देशव्यापी प्रतिकारमा उत्रिन कार्यकर्तालाई खनाल-नेपाल समूहको आग्रह (विज्ञप्तिसहित)
ekagaj.com · Fri Apr 02 16:39:13 GMT 2021
काठमाडौँ : नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्माको पछिल्लो कदमविरुद्ध उत्रिने निर्णय गरेको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले संयुक्त विज्ञप्ति जारी गर्दै नेता कार्यकर्तालाई ओलीविरुद्ध उत्रिन आग्रह गरेको हो । उक्त समूहले ओली प्रधानमन्त्री भएपछि जनविरोधी गतिविधिमात्रै गरेको आरोप पनि लगाएको छ ।
‘पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले) लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै निरन्तरता हो । यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरीतको कार्यको हामी भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘केपी शर्मा ओलीबाट भएका उक्त प्रकारका देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्धरुपमा संगठित भई देशव्यापी रुपमा सक्रिय हुन हामी नेकपा एमालेका सम्पूर्ण इमान्दार देश, जनता र पार्टीको हितप्रति प्रतिबद्ध सम्पूर्ण नेता, कार्यकर्ता, सदस्यमा आव्हान गर्दछौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)