न्युयोर्कमा भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुने निश्चित
barnanmedia.com · Sat Sep 21 21:41:30 UTC 2024

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज साँझ भेटवार्ता हुने तय भएको भ्रमण दलमा रहेका एक सदस्यले जनताटाइम्स डटकमलाई जानकारी दिए । ती सदस्यका अनुसार स्थानीय समयअनुसार आइतबार साढे ५ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटबार्ता हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)