काठमाडौं उपत्यकामा भित्र-भित्र फैलिएको हैजाको संक्रमण
onlinekhabar.com · Mon Jul 04 00:56:27 GMT 2022
१९ असार, काठमाडौं । १ असारमा बागबजार बस्ने दुई दिदीबहिनीलाई झाडापखाला भयो । राती पटक-पटक झाडावान्ता भएपछि नजिकै रहेको मोडेल अस्पताल पुगे । उनीहरूको उपचारको क्रममा दिसामा हैजाको जीवाणु देखियो । थप उपचारको लागि मोडेल अस्पतालले २ असारमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गर्यो ।
अस्पतालका कन्सल्टयान्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार अस्पताल आइपुग्दा उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बनिसकेको थियो । ‘अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्दा उनीहरुको रक्तचाप एकदमै न्युन थियो’ डा. चालिसेले भने,’ आईसीयूमा राखेर थप उपचार सुरु गर्यौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)