वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नै सञ्चालनमा आउने
ratopati.com · Sun Oct 04 18:36:27 GMT 2026

बागमती । वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका–६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ ।
वर्षाको समयमा उक्त सडकखण्डमा पर्ने ज्यामिरे खोलामा पानीको बहाव बढ्नुका साथै ठाउँठाउँमा पहिरो खसेर बाटो भत्केका कारण सवारीसाधन सञ्चालन हुन सकेको थिएन । उक्त सडकखण्डको हाल सरसफाइ तथा मर्मत सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)