वाग्मतीसहित चारवटा प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना
baahrakhari.com · Sun Apr 10 00:18:00 GMT 2022
काठमाडौं । देशका विभिन्न भागमा आज चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)