शीतभण्डार निर्माणको अनुदान दुरुपयोगमाथि अख्तियारको छानबिन
nayapatrikadaily.com · Fri Mar 08 00:25:00 GMT 2024
शीतभण्डार निर्माणका लागि सम्झौतामा उल्लेख भएभन्दा बढी रकम भुक्तानी दिएर अनियमितता गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानमा नुवाकोटमा शीतभण्डार निर्माण गरेको कम्पनीलाई सम्झौतामा भएभन्दा ५० लाख रुपैयाँ बढी भुक्तानी दिइएपछि अख्तियारले छानबिन थालेको हो ।
परियोजनाले शीतभण्डार निर्माणका लागि नुवाकोट शीतभण्डार प्रालिसँग २४ असार ०७५ मा सम्झौता गरेको थियो । आलु शीतभण्डार सञ्चालनका लागि परियोजनाले प्रालिसँग १८ करोड ७८ लाख रुपैयाँमा सम्झौता गरेको थियो । त्यसमध्ये १० करोड ५० लाख रुपैयाँ परियोजनाले अनुदान दिने र बाँकी आठ करोड २८ लाख प्रालिले व्यहोर्ने सहमति भएको थियो । तर, परियोजनाले निर्माण कार्य नै नसकी प्रालिलाई ५० लाख रुपैयाँ अतिरिक्त भुक्तानी दिएको थियो । शीतभण्डार बनिनसक्दै प्रालिले परियोजनाबाट ११ करोड पाँच लाख ५९ हजार एक सय ५१ रुपैयाँ भुक्तानी पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)