क्रिकेट संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
gorkhapatraonline.com · Mon Jun 08 02:42:58 GMT 2026

पश्चिम नवलपरासी जिल्ला क्रिकेट संघको अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको २३ औं वार्षिक साधारण सभा तथा छैठौ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
संघको उपाध्यक्षमा काशीराम भूषाल, सचिवमा लक्ष्मण सुवेदी र कोषाध्यक्षमा सन्दिप केसी सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, कार्यसमिति सदस्यहरूमा दिपक श्रेष्ठ, राजाबाबु भट्ट, दिलिप कुर्मी, कमला पाण्डे, रमेश कुमार राना, सोम गुरुङ्ग र बासुदेव पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)