मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायु परिवर्तनको असर, स्वरूप बदल्दै सतबाँझ

gorkhapatraonline.com · Mon Jun 08 02:43:54 GMT 2026

कुनै समय लटरम्म स्याउ फल्ने बैतडीको ऐतिहासिक सतबाँझ बागवानीले अहिले आफ्नो पहिचान र स्वरूप बदल्न थालेको छ । जलवायु परिवर्तनको असरले हिउँ पर्न छाडेको छ । पर्याप्त चिस्यान नपुग्दा स्याउका बोट सुक्न थालेपछि यस केन्द्रले नयाँ उपाय खोज्दै हिउँदे फलफूलको हब बनाउने प्रयास थालेको छ ।

विसं २०१९ सालमा सतबाँझको २९ हेक्टर जमिनमा भारतको काश्मीरबाट छ हजार वटा रेड डेलिसियस जातको स्याउका बोट ल्याएर बागवानी स्थापना गरिएको थियो तर ती स्याउका बोटले पछिल्लो समय फल दिन छाडेपछि बागवानीको नाम परिवर्तन गरेर सतबाँझ सुक्खा फलफूल विकास केन्द्र राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)