धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त
nepalpress.com · Tue Oct 05 16:33:36 GMT 2021
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गरेको हो ।
ढुंगानाले सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा किनेको प्रमाण बहिरिएसँगै उनी छानविनमा परेका थिए । छानविनका लागि बनाइएको न्यायिक समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो । बुक विल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १२ हजार कित्ता शेयर ढुंगानाले अमेरिका बस्ने आफ्नी छोरी रेविकाको नाममा लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)