मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अस्ट्रेलियामा नइ नारी गौरवी पुरस्कार प्रदान

kalakarmi.com · Mon Aug 14 00:36:22 GMT 2023

सिड्नी– नइ एकेडेमी अस्ट्रेलियाले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । ग्रानभिलको रातो घरमा नइ एकेडेमीले अस्ट्रेलियामा रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई ‘नइ नारी गौरवी पुरस्कार’ (नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर-२०२३ अवार्ड) द्वारा सम्मान गरिएको छ ।

उक्त अवसरमा नइ एकेडेमी अस्ट्रेलियाले स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, निना शाही, प्रतिज्ञा अधिकारी तथा अनुषा श्रेष्ठलाई अवार्ड प्रदान गरेको थियो । उनीहरुले विभिन्न क्षेत्रमा पुर्याएको सामाजिक योगदानका आधारमा मूल्यांकन गरि अवार्ड प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)