मोबाइल पसल लुटपाटमा संलग्न थप ६ जना पक्राउ
nepallive.com · Thu Feb 16 16:53:00 GMT 2023
काठमाडौं- यही फागुन १ गते गोंगबुस्थित नयाँ बसपार्कको लोत्से मलमा मोबाइल पसल लुटपाटमा संलग्न थप ६ जना पक्राउ परेका छन्।
लोत्से महलमा प्रवेश गरी अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी उक्त पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामान चोरी तथा लुटपाटमा संलग्न थप ६ जना पक्राउ परेका प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)