मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतका भूमिहीन सुकुम्बासी भन्छन्– ‘सरकारले हामीमाथि घात गर्यो’

ratopati.com

सुर्खेतकी सरिता नेपाली विगत २५ वर्षदेखि नै ऐलानी जमिनमा गुजारा गर्दै आएकी छन्। यो बीचमा धेरै सरकार परिवर्तन भए । हरेक जसो चुनावताका नेताहरू भोट माग्न जाँदा भन्ने गर्दथे,‘ हामीलाई भोट दिनुहोला, हामी तपाईंलाई लालपुर्जा उपलब्ध गराउँछौँ।’ तर, उनको लालपुर्जा पाउने आशा अझै पनि आशामै सीमित छ।

गत वर्ष केपी शर्मा ओली सरकारले भूमिहीनको समस्या समाधान गर्ने कुरा सुनेपछि सरितामा केही आशा जागोको थियो । ‘हामीले केही समयमै लालपुर्जा पाउने कुरा सुनेका थियौ । तर, देउवा सरकारले त आयोग नै खारेज गरिदिए,’ उनले भनिन् ,‘अब त आश पनि मर्‍यो।’ ‘पटक–पटक सरकारहरू फेरिन्छन् । चुनिएका नेताहरू आफ्नै पेट भर्नतर्फ लाग्छन्,’ सरिता भन्छिन्,‘गरिबका दाउ कहिल्यै नआऊ भनेजस्तै जस्तो थियो बराजु उस्ताको उस्तै ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)