श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइयो श्रीकृष्ण जन्माष्टमी
farakdhar.com · Mon Aug 26 15:38:19 UTC 2024

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजा आराधनागरी श्रद्धा-भक्तिपूर्वक मनाएका छन् ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)