सम्पर्कविहीन भएका सन्दीपको स्टाटसले थप आशंका, सन्दीपविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी
nepalghatana.com · Mon Sep 26 17:06:21 GMT 2022
नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । तर बलात्कारको आरोप लागेकपछि सम्पर्कविहीन भएका सन्दीप भने फेसबुकमा स्टाटस लेख्ने र सम्पर्कविहीन हुने गरेका छन् । उनको यो व्यवहारले थप आशंका उब्जाएको छ ।
बलात्कारको आरोप लागेका क्रिकेटर खेलाडी सन्दीप लामिछानेले सामाजिक सञ्जाल मार्फत् फेरि आफ्नो बचाउ गरेका छन् । दुई हप्ताअघि क्यारेबियन प्रिमियर लिग सिपिएल छोडेर नेपाल फर्किने जानकारी सामाजिक सञ्जालमा गराएर सम्पर्क विहिन भएका उनी कहाँ छन् भन्नेबारे प्रहरी र स्वयम् उनकै परिवारलाई पनि थाहा नभएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)