राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथितिको चाङ : उपकुलपतिको कुकुरलाई उपचार गरेको बिल पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
nayapatrikadaily.com · Sat Dec 18 00:32:00 GMT 2021
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी निवर्तमान उपकुलपति डा. संगीता भण्डारीले व्यापक अनियमितता गरेको भेटिएको छ । घरको खाना, खाजादेखि कुकुरको उपचार खर्चसमेत प्रतिष्ठानका नाममा बिल बनाउने गरेको भेटिएको हो । यस्ता केही बिल नयाँ पत्रिकालाई प्राप्त भएको छ ।
घरायसी ठूला खर्च प्रतिष्ठानबाटै उठाउने गरेकी भण्डारीले काठमाडौंस्थित घरमा पालेको कुकुरको उपचारमा लागेको चार सय रुपैयाँको बिल पनि पेस गरेकी छिन् । गत ३ जेठमा ललितपुरको जावलाखेलस्थित मोबाइल भेटेरिनरी कन्सल्टेन्सी सर्भिसबाट कुकुरका लागि लिएको सेवाको शुल्क निकासा गर्न माग गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)