मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानीघट्टसँगै पुर्खाको सीप लोप हुँदै

ratopati.com · Sun Oct 04 20:17:54 GMT 2026

लमजुङ । पहिले गाउँको जीवनसँग पानीको कलकल आवाजसँगै जोडिएको थियो पानीघट्ट । खोलाको पानीलाई कुलोमार्फत घट्टसम्म पुर्‍याइन्थ्यो र त्यही पानीको शक्तिले ढुङ्गा घुमाएर घरघरको अन्न पिसिन्थ्यो । गाउँमा आधुनिक मिल र बिजुली नपुगेका बेला पानीघट्ट अन्न पिस्ने साधन मात्र थिएन, गाउँको आत्मनिर्भर जीवनको महत्त्वपूर्ण आधारसमेत थियो ।

मकै, कोदो, गहुँ, जौ, धानलगायत अन्न पिस्न प्रयोग हुने पानीघट्टमा गाउँलेको दैनिकी, श्रम र पुर्खाको सीप जोडिएको थियो । घट्टमा अन्न पिसाएबापत पैसा नभई केही अन्न दिने चलन थियो । तर अहिले समय फेरिएको छ । गाउँमा बिजुली, सडक र आधुनिक प्रविधिको पहुँच बढ्दै गएपछि पानीघट्टको प्रयोग क्रमशः घट्दै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)