मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगमा पूर्वविजेताद्वय रियल र लिभरपुलको जित

ekantipur.com · Thu Sep 16 00:51:00 GMT 2021

पेरिस — युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति दुई पूर्वविजेता रियल म्याड्रिड र लिभरपुल विजयी रहे । रियलले रोडरिगोले ८९औं मिनेटमा गरेको गोलमा अर्को पूर्वविजेता इन्टर मिलानलाई १–० ले हरायो ।

लिभरपुलले भने उत्कृष्ट पुनरागमन रच्दै एसी मिलानलाई ३–२ ले पराजित गर्‍यो । एन्टे रेबिच र ब्राहिम डियाजको गोलले पहिलो हाफमा मिलानले २–१ को अग्रता लिएको थियो । लिभरपुलको पहिलो गोल आत्मघाती रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)