मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४ वर्षदेखि बिनाअनुमति चलिरहेछन् कन्सल्टेन्सी

annapurnapost.com · Wed Sep 14 01:07:00 GMT 2022

काठमाडौं : शैक्षिक परामर्श सेवा दिन खुलेका १ हजार ४ सय ७३ कन्सल्टेन्सी चार वर्षयता नवीकरण नभई नै सञ्चालन हुँदै आएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ साउनमा नयाँलाई अनुमति दिन रोकेको थियो। यस्तै, सञ्चालनमा रहेका पुराना कम्पनीको नवीकरण रोकिएको थियो।

नयाँ शिक्षा नियमावली बन्न नसक्दा चार वर्ष अन्योलमा बितेको व्यवसायी बताउँछन्। जानकारका अनुसार यही कारण धेरै कन्सल्टेन्सी अनुमति नलिई नै चलिरहेका छन्। जसकारण कन्सल्टेन्सीको नियमन हुन सकेको छैन। अर्कोतिर त्यसबापतको राजस्वसमेत उठ्न सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)