युक्रेनविरुद्धको खेलका क्रममा मैदानमै ढले क्रिस्चियन एरिक्सन, कस्तो छ अवस्था ?
nepalviews.com · Mon Jun 08 02:54:45 GMT 2026

काठमाडौं । डेनमार्कका अनुभवी मिडफिल्डर क्रिस्चियन एरिक्सन युक्रेनविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा अचानक मैदानमै ढलेका छन्। यद्यपि, उनको शरीरमा जडान गरिएको स्वास्थ्य उपकरणले समयमै काम गरेपछि उनी छिट्टै होसमा फर्किएका छन् र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
ओडेन्समा आइतबार भएको खेलको ६५औं मिनेटमा ३४ वर्षीय एरिक्सन अचेत भएर ढलेपछि उक्त खेल स्थगित गरिएको थियो। मैदानमै चिकित्सकको तत्काल उपचार पाएपछि उनी आफैँ हिँडेर बाहिरिएका थिए। डेनमार्क टोलीका मुख्य प्रशिक्षक ब्रायन रिमरले एरिक्सन पूर्ण रूपमा सुरक्षित रहेको र उनले टोलीका अन्य खेलाडीहरूलाई आफ्नो अवस्था ठीक रहेको सन्देश पठाएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ