मासिक १५ सयमै स्वास्थ्य संस्था डिजिटलाइज गर्दै ‘ओखती सफ्टवेयर’
techpana.com · Mon Aug 03 14:21:04 GMT 2026

काठमाडौं । अध्ययनको सिलसिलामा फिनल्यान्ड पुगेका शरद अधिकारी जब जब त्यहाँका अस्पताल पुग्थे, त्यहाँ निकै सुनसान दृश्य देख्थे । नेपालका अस्पतालमा बिरामीको खचाखच भीड र लामो लाइन देखिरहेका अधिकारीलाई सुरुमा लाग्यो- “यहाँ त बिरामी नै हुँदैनन् कि क्या हो !” तर, वास्तविकता भने फरक थियो । डिजिटल प्रणालीका कारण त्यहाँका बिरामीले अनलाइनबाटै पहिल्यै अपोइन्टमेन्ट लिने र तोकिएको समयमा मात्र अस्पताल आउने गरेकाले भीड नदेखिएको उनले पछि बुझे ।
नेपालको स्वास्थ्य क्षेत्रमा भने यो अभ्यास त्यति भइरहेको थिएन । त्यसैले यहाँको स्वास्थ्य क्षेत्रलाई सुधार्ने उद्देश्यसहित उनले फिनल्यान्डमै रहेका नेपाली साथीहरू बालकृष्ण श्रेष्ठ, आशिष भट्टराई, जानकी प्रसाद कोइराला, बिष्णु राना , डा. महेश अधिकारी र राजु काफ्लेसँग मिलेर ‘नेपालल्यान्ड आईटी सोलुसन’ कम्पनी सुरु गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)