आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय
nepalpress.com · Tue Jul 06 16:36:28 GMT 2021
काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । नेपाल प्रेससँग कुरा गर्दै मन्त्री श्रेष्ठले बुधबार सरकारका प्रवक्ताले उडान खुला भएको बारे थप जानकारी दिने जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)