मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रेरक प्रसंग : चित्रकारको चलाखी

nayapatrikadaily.com · Fri Aug 18 00:12:00 GMT 2023

कुनै एक राज्यमा एक राजा थिए । उनको एउटा मात्र खुट्टा थियो र आँखा पनि एउटै मात्र सद्दे थियो । उनी एउटा आँखाले देख्न सक्दैनथे । तर, उनको राज्यका जनता भने निकै खुसी थिए । किनकि, उनी निकै बुद्धिमान् र प्रतापी थिए । एकपटक राजालाई आफ्नो एक सुन्दर तस्बिर बनाउन लगाएर दरबारको भित्तामा सजाउने विचार आयो । यस्तो विचार आउनासाथ उनले देशभरका नामुद चित्रकारजति सबैलाई दरबारमा बोलाए । सम्पूर्ण चित्रकार जम्मा भइसकेपछि राजाले भने– मलाई थाहा छ, तपाईंहरू सबै दिग्गज कलाकार हुनुहुन्छ । त्यसैले, तपाईंहरूले मेरो एउटा सुन्दर चित्र बनाइदिनुपर्‍यो, जसलाई म मेरो दरबारको भित्तामा सजाएर राख्न चाहन्छु ।

सबै चित्रकारले राजाको प्रस्ताव सुने । तर, उनीहरू राजाले भनेजस्तो चित्र बनाउनबाट हच्किए । यदि चित्र सुन्दर नभएमा राजाले रिसाएर सजाय पनि दिन सक्थे । त्यसैले, उनीहरूले आफूहरूले चित्र बनाउन नसक्ने बताए । चित्रकारको जवाफ सुनेर राजा खिन्न भए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)