लम्बिनीमा राष्ट्रिय स्तरको ह्याकाथन प्रतियोगिता आयोजना हुने
lokaantar.com

विद्यार्थीलाई नवप्रवर्तनमा उत्प्रेरित गराउने उद्देश्यले लुम्बिनीमा राष्ट्रिय स्तरको ‘लुम्बिनी एक्स’ ह्याकाथन प्रतियोगिता हुने भएको छ । युवा विद्यार्थीमा अनुसन्धान क्षमता र नवप्रवर्तनमा प्रोत्साहन गर्नका लागि लुम्बिनी एलिट उपभोक्ता समितिले प्रतिष्पर्धा गराउन लागेको हो । कार्यक्रम यहीँ साउन २३ र २४ गते लुम्बिनी सिटी कलेज, तिलोत्तमा रूपन्देहीमा हुनेछ ।
लुम्बिनी सिटी कलेजका सहायक प्राचार्य नारायणप्रसाद भुसालले कलेजका विद्यार्थीहरूको आयोजनामा हुन लागेको राष्ट्रियस्तरको प्रविधिमूलक प्रतियोगिताले विद्यार्थीमा नवीन सोच विकास गर्न, वास्तविक समस्याको समाधान खोज्न तथा प्रविधिको क्षेत्रमा नयाँ अवसर गर्ने बताए । प्रतिष्पर्धामा देशभरका विद्यालय, कक्षा १२ तथा स्नातक तहका विद्यार्थीबाट ११८ टोलीको आवेदनबाट उत्कृष्ट १० टोली छनोट भएका भुसालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)