नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’को अन्तर्राष्ट्रिय वितरण एप्पल इन्टरटेनमेन्टले गर्ने
techpana.com · Tue Aug 04 02:43:06 GMT 2026

काठमाडौं । चलचित्र वितरक एप्पल इन्टरटेनमेन्ट प्रा.लि. नेपालको पहिलो एनिमेटेड फिचर फिल्म 'लस्ट इन मण्डला' को आधिकारिक वितरण साझेदार बनेको छ । कम्पनीको वितरण सञ्जालमार्फत लस्ट इन मण्डला नेपालसहित तोकिएका अन्तर्राष्ट्रिय बजारका सिनेमा हलमा प्रदर्शन गरिने भएको छ ।
एप्पल इन्टरटेनमेन्टका अध्यक्ष एवं क्यूएफएक्स सिनेमाज् र लबिम मलका सह-संस्थापक नाकिम उद्दिनले नेपालबाट प्रेरित कथालाई विश्वव्यापी दर्शकमाझ पुर्याउन पाउनु गौरवको विषय भएको बताए । “लस्ट इन मण्डलामार्फत नेपालबाट प्रेरित कथालाई विश्वमाझ पुर्याउन पाउँदा हामी गर्व गर्छौं । यस चलचित्रले नेपाली सिर्जनात्मक क्षेत्रमा विश्वस्तरका कथा निर्माण र प्रस्तुत गर्ने ठुलो सम्भावना रहेको देखाउँछ,” उनले भने । नाकिम उद्दिन ‘लस्ट इन मण्डला’ का कार्यकारी निर्माता समेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)