छोराको बगेर मृत्यु भएपछि आमाले गरिन् आत्महत्या
annapurnapost.com · Tue Aug 04 02:58:42 GMT 2026

इलाम : इलामको माईजोगमाई गाउँपालिका–२ मा विद्यालयबाट फर्कँदै गरेको छोरालाई स्थानीय खोल्साले बगाएर मृत्यु भएपछि आमाले पनि आत्महत्या गरेकी छन् । गुल्मी स्थायी घर भई विगत ८/९ वर्षदेखि माइतीघर माईजोगमाई–२ मा बसोबास गर्दै आएका अनिल खत्रीको छोरा ११ वर्षीय आहान खत्री विद्यालयबाट घर फर्कने क्रममा हिजो बजुर खोलाले बगाएर मृत्यु भएको थियो ।
छोराको मृत्यु भएकै कारण मृतक आहान खत्रीको ममी ३५/३६ वर्षीय अमृता लेप्चा खत्री आफ्नै घरदेखि करिब १०० मिटर पश्चिमतर्फ रहेको निवराको रुखको हाँगामा प्लाष्टिक डोरीको पासो लगाई झुण्डिएकी हुन्। उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)