हुम्लाको छारे खण्डमा बाह्र घण्टा यातायातका साधन सञ्चालन
deshsanchar.com · Thu Jul 04 17:15:49 UTC 2024

सिमकोट – कर्णाली करिडोरको हुम्ला जिल्लाको छारे खण्डको सडकमा दैनिक बाह्र घण्टा यायातायका साधन सञ्चालनमा आउन सुरु भएको छ। सो अवधि सुचारु गर्नका लागि राजमार्ग अवरोध हटाउने जिल्ला स्तरीय समितिले निर्णय गरेर माग गरेपछि नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटले ( सुनाखाडा )सुचारु गरेको हो।
समितिले निर्णय गरेर सो खण्डको सडक बाह्र घण्टा सञ्चालनका लागि माग गर्ने निर्णय गरे लगत्तै सेनाले उक्त अवधिमा यातायातका साधन सञ्चालनको ब्यवस्था मिलाएका हो। समितिले असजिलो छारे खण्डको सडकको सबै निर्माण कार्य पुरा भएको कारण त्यसलाई हालका लागि बाह्र घण्टा सञ्चालनमा ल्याउने ब्यवस्थाका लागि नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदल कालिकोट ( सुनाखाडा ) लाई अनुरोध गर्ने निर्णय गर्दै माग गरेको थियो। सो निर्णयको पत्राचार नेपाली सेनालाई स्थानीय प्रशासनले गत मङ्गलबार गरेको थियो। यसअघि सडकमा बिहान सात बजेदेखि नौ बजेसम्म र दिउँसो एघार बजेदेखि एक बजेसम्म मात्र यातायातका साधनहरु सञ्चालन हुन दिने ब्यवस्था उक्त खण्डमा सडक निर्माणमा खटिएको नेपाली सेनाले गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)