महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा लाखौँ दर्शनार्थीले गरे दर्शन
Ujyaaloonline.com · Sat Mar 09 00:50:58 GMT 2024
काठमाण्डौ – महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा लाखौँ दर्शनार्थीले दर्शन एवम् पूजाअर्चना गरेका छन । हिजो बिहान दुई बजेदेखि नै पशुपति क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो राति अबेरसम्म उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो ।
कोषले हिजो बिहान २ बजेदेखि आज बिहानसम्म २० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको थियो । हिजो एकैपटकमा १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको थियो । शिवरात्रिका अवसरमा भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)