अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
barnanmedia.com · Sun Oct 04 21:25:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा उत्पादन तथा लगानी बढाउन सहयोग पुगेको बताउनुभएको छ ।
उद्योगका जानकारहरूका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखिए पनि व्यापार नीतिमा रहेको अनिश्चितताले कम्पनीहरूलाई चुनौतीसमेत दिइरहेको छ । ट्रम्प प्रशासनको पछिल्लो कार्यकालमा जनरल मोटर्स, टोयोटा, फोर्डलगायतका प्रमुख गाडी कम्पनीहरूले अमेरिकामा रहेका आफ्ना कारखाना विस्तार गर्ने तथा विदेशमा भइरहेको केही उत्पादन अमेरिकामै ल्याउने योजना अघि सारेका छन् । अमेरिकाले विदेशबाट आयात हुने गाडीमा २५ प्रतिशत शुल्क लगाएपछि केही कम्पनीले देशभित्र रहेका कारखानाको उत्पादन क्षमता थप उपयोग गर्ने योजना बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)