मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति र सभामुख मागे कांग्रेसले पाउँदैन : नेता महासेठ

lokaantar.com · Sat Jan 14 23:44:30 GMT 2023

नेकपा (एमाले) का सचिव तथा सांसद रघुवीर महासेठले नेपाली कांग्रेसले राष्ट्रपति र सभामुखका लागि आन्तरिक रुपमा प्रयास गरे पनि प्राप्त गर्न नसक्ने बताएका छन् । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको विश्वासको मतबारे पनि माघभित्रै छर्लङ् हुने उनको भनाइ छ ।

एक कार्यक्रममा शनिबार बोल्दै नेता महासेठले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याइएको बताए । उनले भने, ‘अब विस्तारै पर्दा खुल्दै जानेछन्, नेपालको राजनीतिमा बाह्य चलखेल पनि जारी छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)