मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बनेपाको पुलबजार क्षेत्र डुबानमा, यातायात अवरुद्ध

ekantipur.com · Mon Sep 06 01:10:01 GMT 2021

काभ्रे — आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ ।

पुलबजारका केही घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)