यूकेमा प्रतिभा नक्षत्र
newsofnepal.com · Mon Jun 08 03:03:36 GMT 2026

प्रतिभा नक्षत्रले लण्डनमा सातौ“ संस्करणको कार्यक्रम तयारीलाई तीव्रता दिएको छ। संस्थाले नेपालीहरूको घना बस्ती रहेको दक्षिण पूर्वी लन्डनको प्लमस्टेड कमन रग वी ग्राउण्ड, प्लमस्टेडमा १६ अगस्ट २०२६ मा यो कार्यक्रम गर्ने भएको हो।
प्रवासमा बसिरहेका नेपाली तथा अन्य समुदायबीच गर्न लागिएको यो कार्यक्रमको मुख्य उद्देश्य परम्परागत नेपाली भोजन, कला, संस्कृति, साहित्य, हस्तकलाका सामग्री, नेपाली मौलिक उत्पादनको प्रचार र प्रवद्र्धन गर्नु रहेका आयोजकले जनाएका छन्। बाल नक्षत्र ६ देखि ११ र युवा नक्षत्रमा १२ देखि १९ वर्षका प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन्।
कार्यक्रमलाई परिचय राउण्ड, प्रतिभा प्रदर्शन र प्रश्नोत्तर राउण्ड गरी तीन चरणमा विभाजन गरिएको छ। प्रतियोगितामा विश्वभरका प्रतियोगीले भाग लिन सक्नेछन्। उत्कृष्ट प्रतिस्पर्धी प्रतियोगीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी गराएका छन्। कार्यक्रममा नेपाली दूतावास लन्डन, गैरआवासी नेपाली संघ यूके, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेलगायतका विभिन्न सामाजिक संघसंस्थाको प्रत्यक्ष सहयोग र संलग्नता रहने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)