पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता
barnanmedia.com · Sun Oct 04 22:54:35 GMT 2026

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ प्यूघरमा जलेर बिग्रिएको ट्रान्सफर्मर परिवर्तन गरी विद्युत् सेवा पुनः सञ्चालनमा लाइएको छ । नयाँ ट्रान्सफर्मर सो स्थानसम्म पुर्याउन स्थानीयवासी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले झोलुङ्गे पुलको सहारा लिनुपरेको छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार केही दिन अगाडि ट्रान्सफर्मर जलेपछि विद्युत् आपूर्ति प्रभावित भएको थियो । पुरानो ट्रान्सफर्मर हटाएर नयाँ ट्रान्सफर्मर जडान गरिएपछि अहिले विद्युत् सेवा नियमित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)