बाढी प्रभावित क्षेत्रमा सञ्चार र उज्यालोका लागि ५०० थान सोलार पावर बैंक पठाइँदै
techpana.com · Thu Aug 27 14:34:33 GMT 2026

काठमाडौं । बाढीका कारण विद्युत् सेवा पूर्णतः अवरुद्ध भएका क्षेत्रहरूमा उज्यालो र सञ्चार सम्पर्क पुनःस्थापित गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोलार चार्जिङ पावर बैंक पठाउन सुरु गरेको छ । मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत बिहीबार पहिलो चरणमा ५०० थान पावर बैंक प्रभावित क्षेत्रतर्फ पठाउन थालेको हो ।