मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो होस् नयाँ सरकारको परराष्ट्र नीति

shilapatra.com · Thu Dec 22 00:30:55 GMT 2022

चुनाव सकिएपछि नेपाल नयाँ सरकार गठनको चरणमा छ । देउवा नेतृत्वमा गठबन्धन बनेर निर्वाचनमा गएका दलहरूबाटै नयाँ सरकार बन्ने प्रारम्भिक आकलन छ । यद्यपि, कसको सरकार र कसरी बन्ने भन्नेचाहिँ अबको केही दिनमा देखिने नै छ । नेपालमा देखिएको आन्तरिक राजनीतिक र दलहरूबीचको ध्रुवीकरणले पछिल्ला महिनामा परराष्ट्र नीतिमा पनि केही फेरबदल देखिएका छन् ।

मंसिर ४ गते भएको निर्वाचनको जनादेशलाई हेर्दा जनताले नयाँ उम्मेदरवालाई रोजेको देखिन्छ । निर्वाचनको परिणामले चुनेको नयाँ अनुहारजस्तै आगामी दिनमा नेपालको परराष्ट्र नीतिमा पनि केही नयाँपन देखिने आशा गर्न सकिन्छ । यो सन्दर्भमा हेर्दा पछिल्ला निर्वाचनले नेपालको आन्तरिक राजनीतिमा धेरै नयाँ अनुहारको प्रतिनिधित्व गराएजस्तै नेपालको बाह्य सम्बन्धमा पनि केही नयाँ स्वरुप देखिने ठाउँ छ । यद्यपि यसको निर्क्योल आगामी सरकार कस्तो बन्छ, सरकारमा कस्ता अनुहार समावेश हुन्छन् र सरकारको प्राथमिकतामा केके पर्छन् भन्नेजस्ता पक्षले निर्धारण गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)