मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई राहत

ekantipur.com · Mon Dec 25 01:09:26 GMT 2023

काठमाडौँ — परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीले राहत पाउने भएका छन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले गरेको परिमार्जित नीतिगत व्यवस्था कार्यान्वयनमा आएसँगै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीले राहत पाउने भएका हुन् ।

नयाँ व्यवस्थाअनुसार तोकिएको क्षेत्र र अन्य क्षेत्रमा प्रवाह भएको पाँच करोड रुपैयाँसम्मको कर्जालाई बैंक तथा वित्तीय संस्थाले आउँदो चैतसम्म पुनर्तालिकीकरण/पुनः संरचना गर्न पाउनेछन् । तर यसका लागि ऋणीको अनुरोध, उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गर्नुपर्ने प्रावधान छ । राष्ट्र बैंकले आइतबार परिपत्रमार्फत मौद्रिक नीतिको समीक्षामा भएको परिमार्जित व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)