किन मिल्दैन लघुकर्जा मिनाहा गर्न ?
abhiyandaily.com
बैंक तथा वित्तीय संस्था वित्तीय मध्यस्थताको कारोबार गर्ने संस्था हुन् । यी संस्थाले वित्तीय सेवाका माध्यमबाट मुलुकमा आर्थिक क्रियाकलापलाई विस्तार गर्न सहयोग पुर्याउँछन् । मुलुकका सबै क्षेत्र र वर्गका सर्वसाधारण जनताको बचत गर्ने र कर्जा लिन सक्ने क्षमता र हैसियत समान हुँदैन । भौतिक पूर्वाधारको अवस्था, सर्वसाधारणको आर्थिक अवस्था, शैक्षिक स्थिति, भौगोलिक अवस्थिति, चेतनास्तर, वित्तीय साक्षरताको अवस्था, कर्जा लिनको लागि आवश्यक धितोको उपलब्धता, बैंक/वित्तीय संस्थाको उपस्थिति आदिले वित्तीय सेवालाई प्रभाव पार्ने गर्छ । यही तथ्यलाई मनन गर्दै उल्लिखित अवस्था भएका सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्न विभिन्न वर्गका बैंक/वित्तीय संस्थालाई इजाजतपत्र प्रदान गरिएको हुन्छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले पूँजी र कार्य प्रकृतिको आधारमा बैंक/वित्तीय संस्थाहरूलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी ४ वर्गमा विभाजन गरेको छ । यी संस्थाले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई वित्तीय कारोबार सञ्चालन गर्दै आएका छन् । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक/वित्तीय संस्थाले बचत भएको क्षेत्रका सर्वसाधारणबाट बचत संकलन गरी पूँजीको आवश्यकता भएको क्षेत्रमा कर्जा प्रवाह गर्छन् भने ‘घ’ वर्गका लघुवित्त संस्थाले सदस्यबाट संकलन गरेको बचत र बैंक/वित्तीय संस्थाले प्रदान गर्ने विपन्न वर्ग कर्जासापटीबाट प्राप्त रकमबाट सदस्यलाई कर्जा प्रवाह गर्ने गर्छन् । यसरी बैंक/वित्तीय संस्थाले समुदायमा भएका सबै तह र वर्गका सेवाग्राहीको आवश्यकतानुसार वित्तीय सेवा प्रदान गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)