जग्गा दिन निवेदन माग
gorkhapatraonline.com · Thu Mar 14 00:30:10 GMT 2024
काठमाडौँ, चैत १ गते । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुमवासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरेको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न निवेदन माग गरेको हो ।
आयोगले धनकुटाको महालक्ष्मी नगरपालिका, उदयपुरको उदयपुरगढी गाउँपालिका, मोरङको केराबारी र कटहरी गाउँपालिका, सुनसरीको वराहक्षेत्र नगरपालिकामा निवदेन माग गरेको छ । रौतहटको माधवनारायण नगरपालिका र सिराहाको अर्नमा गाउँपालिका, दाङको लमही नगरपालिका, शान्तिनगर र बबई गाउँपालिकामा निवेदन माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)