सहकारी संघ खोटाङको अध्यक्षमा चाहार चयन
dcnepal.com · Sat Jan 01 16:04:48 GMT 2022
काठमाडौं । जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार चयन भएका छन् । शनिबार दिक्तेलमा सम्पन्न सहकारी संघको चौथो अधिवेशन तथा साधारणसभाले चाहारलाई अध्यक्ष चयन गरेको हो । सहकारी संघको उपाध्यक्षमा सनमान खड्का, सचिवमा दीपेन्द्र राई र कोषाध्यक्षमा सरिता राई चयन भएका छन् ।
११ सदस्यीय सहकारी संघको सदस्यमा रघुनन्द राई, जेपी राई, पर्शुराम विश्वकर्मा, मनोज बजिमय र गोपाल आचार्य चयन भएका छन् । दुई सदस्यपछि थप गरिने सहकारी संघका नवनिर्वाचित अध्यक्ष चाहारले बताए । यस्तै, कविकुमार राईको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । प्रदेश सहकारी संघको सदस्यका लागि सुमन श्रेष्ठ चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)