दोषीमाथि कारबाहीको माग गर्दै मध्य पहाडी राजमार्ग अवरुद्ध
annapurnapost.com · Tue Aug 04 06:07:01 GMT 2026

सिन्धुली : यात्रुबाहक बसले ठक्कर दिँदा चालकसहित कार सुनकोसी नदीमा वेपत्ता भएपछि दोषीमाथि कारबाहीको माग गर्दै मध्य पहाडी राजमार्ग अवरुद्ध गरिएको छ । वेपत्ताका आफन्त र स्थानीयले मध्य पहाडी लोकमार्गअन्तरगत खुर्कोट–घुर्मी सडक खण्डको फिक्कल गाउँपालिका–२ नवलपुरमा मंगलबार बिहानदेखि राजमार्ग अवरुद्ध गराएका हुन ।
राजमार्गमा रुख,ढुंगामुढा राख्नुका साथै स्थानीय टायर बालेर राजमार्ग अबरुद्ध गरेका छन् । फिक्कल गाउँपालिका–२ नवलपुर सामेबार दिउँसो काठमाण्डौंबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले बिपरित दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४च९५७३ नम्बरको कारलाई ठक्कर दिँदा तिनजना यात्रुसहित सुकोसी नदीमा वेपत्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)