सिद्धार्थ बैंकले कमायो ३ अर्ब ५१ करोड खुद नाफा, कति छ लाभांश क्षमता ?
nepalpress.com · Tue Aug 04 06:19:00 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५४ प्रतिशत बढी हो । त्यसबेला ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ रहेको छ भने फि तथा कमिसन आम्दानी १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । सञ्चालन नाफा ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)