निर्माण क्षेत्र बदल्ने अबको रोडम्याप
nepalwatch.com · Tue Aug 04 05:50:37 GMT 2026

हा म्रो निर्माण क्षेत्रमा समस्याहरू एउटा मात्र नभएर अनेक छन्। आयोजनाहरू समयमा नबन्ने, बनिहाले पनि गुणस्तरीय नहुने र समयमा नबन्दा लागत अस्वाभाविक रूपमा बढ्दै जाने महारोगले यो क्षेत्र ग्रस्त छ। माथिल्लो तामाकोशी (३५ अर्बबाट बढेर ७५ अर्ब), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (२२४ मिलियन डलर), गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना यसका प्रत्यक्ष उदाहरण हुन्। विगतमा संसदीय समितिहरूले यसबारे विस्तृत अध्ययन गरी पटक-पटक सिफारिस गरे पनि अवस्थामा तात्विक सुधार आउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)