सिद्धार्थ बैंकको नाफा साढे ४ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा भने घट्यो
reportersnepal.com · Tue Aug 04 06:17:21 GMT 2026

काठमाडौं १९ साउन । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो वर्षको तुलनामा ४.५४ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ७.२४ प्रतिशतले बढेर ९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। शुल्क तथा कमिसन आम्दानी पनि करिब १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ८.५९ प्रतिशतले बढे पनि सञ्चालन नाफा भने ३.७८ प्रतिशतले मात्र बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)