मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव–वन्यजन्तु द्वन्द्व रोक्न संयुक्त सुरक्षा गस्ती

gorkhapatraonline.com · Mon Jun 08 03:18:00 GMT 2026

रुकुमपश्चिममा मानव–वन्यजन्तुबिचको द्वन्द्व रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने भएको छ । डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठले मानव–वन्यजन्तु द्वन्द्वका कारण हुन सक्ने सम्भावित क्षति रोक्न जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबिच संयुक्त गस्ती र सूचना आदानप्रदान गर्ने सहमति भएको जनाउनुभयो ।

शनिबार डिभिजन वन कार्यालयमा भएको जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठकमा यस विषयमा सहमति भएको डिभिजनल वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मानव–वन्यजन्तुबिचमा द्वन्द्वका कारण प्रतिशोध लिई पासो, विद्युतीय धराप, विषलगायतका विधिबाट वन्यजन्तु मार्ने र तिनको आखेटोपहारको अवैध व्यापार हुने कार्यलाई नियन्त्रण र निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो । डिभिजन कार्यालय र सुरक्षा निकायबिच संयुक्त गस्ती परिचालन एवं सूचना आदानप्रदान कार्यले थप क्षति हुनबाट जोगाउने उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)