मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

साढे तीन महिनापछि खुल्यो बेसीसहर–चामे सडक

nayapatrikadaily.com · Thu Oct 07 00:38:00 GMT 2021

मनाङ जोड्ने एक मात्र बेसीसहर–चामे सडक बिहीबारदेखि सञ्चालनमा आएको छ । गत १ असारको बाढीले अवरुद्ध बनेको बेसीसहर–चामे सडक साढे तीन महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

सडकखण्डको खोत्रोदेखि तिमाङसम्मको १० किलोमिटर सडकको मर्मत भएपछि बिहीबारबाट सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । दसैँको मुखमै सडक खुलेपछि मनाङवासीमा खुसी छाएको छ । दसैँतिहार मनाउन जिल्ला प्रवेश गर्नेदेखि दसैं बिदामा जिल्लाबाहिर जाने कर्मचारी र स्थानीयलाई समेत सहज भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)