पोर्चुगलको पुनरागमन जित, नर्वे २-१ ले पराजित
nepalviews.com · Mon Oct 05 01:03:16 GMT 2026
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह 'डी' को चौथो चरणको खेलमा पोर्चुगलले नर्वेमाथि २–१ गोल अन्तरको पुनरागमन जित हासिल गरेको छ।
खेलको सुरुवाती अग्रता भने नर्वेले लिएको थियो। ३६औँ मिनेटमा क्रिस्टोफर अयेरले गोल गर्दै टोलीलाई १–० को स्थितिमा पुर्याएका थिए। तर, त्यो अग्रतालाई नर्वेले लामो समय जोगाउन सकेन। त्यसको दुई मिनेटमै (३८औँ मिनेट) जोआओ कान्सेलोले गोल फर्काउँदै पोर्चुगललाई १–१ को बराबरीमा ल्याए।