खाद्यवस्तुमा अखाद्यको प्रचुर प्रयोग
gorkhapatraonline.com · Mon Oct 05 01:21:52 GMT 2026

। चाडपर्व नजिकिएसँगै बजारमा म्याद गुज्रिएका अखाद्यवस्तु बिक्रीमा बिगबिगी बढेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नाघेका खाद्यवस्तुको बिक्री बढेको पाइएको हो ।
विभागले पछिल्लो एक हप्ताको बिचमा अनुगमन गरेकोमा उपत्यकाका दुध डेरी, खाद्य उद्योग, मिठाई, पुस्टकारी, गुदपाक, मिठाई, बिस्कुट, चियापत्ती उद्योगको अनुगमनमा म्याद नाघेका र गुणस्तरहीन वस्तु बिक्री भएको पाइएको छ । व्यापारीले पैसा कमाउने होडमा किरा परेका, म्याद सकिएका, कुहिएका वस्तु प्रयोग गर्दै खुलेआम बेचिरहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)